AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर विमानस्थल विस्तार गर्न १ सय २६ विगाहा जग्गा अधिग्रहण गर्न सरकारको स्वीकृति

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ मंसिर २०७७, शुक्रबार १८:५६
5.41k
Shares
विराटनगर / सरकारले विराटनगर विमानस्थललाई विस्तार गरी क्षमता अभिवृद्धि गर्न जग्गा अधिग्रहण गर्ने भएको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा विराटनगर विमानस्थलको क्षमता अभिवृद्धि गर्न १२६.४६ विगाह जग्गा अधिग्रहण गर्न सहमति दिइएको हो ।  विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्न गत असोजमा संघीय र प्रदेश सरकार तथा स्थानीय तहबीच सम्झौता भइसकेको छ ।

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति गर्न तीनवटै तहका सरकार सहमत भएका छन् । पर्यटन मन्त्रालयका अनुसार विराटनगर विमानस्थललाई त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थलकै स्तरमा स्तरोन्नति गर्ने योजना छ । अहिले विराटनगर विमानस्थलको धावनमार्ग १५ सय मिटर रहेको छ । यसलाई विस्तार गरी ३ हजार र्पुयाउने योजना छ । यो साझेदारीमा विराटनगर महानरगपालिकाले समेत लागत साझेदारीमा भाग लिनेछ । जग्गा अधिग्रहण गर्दा लाग्ने कुल लागतमध्ये ५० प्रतिशत केन्द्र सरकारले बेहोर्ने भएको छ । बाँकी ५० प्रतिशतमध्ये १० प्रतिशत महानगर र ४० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर