खबर पूर्वाञ्चल
सुनसरीको धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी गराए ।
७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना संक्रमण पुष्टि भएकोमा आज मात्रै उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आज दिउँसो १ः४५ बजे मृत्यु भएको हो ।
६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएको थियो । उनलाई पनि सोमबार मात्रै प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको पनि आज दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । आज विहान विराटनगर र धरानमा सातजनाको मृत्यु भएको थियो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमणबाट १ सय ४० जनाको मृत्यु भएको छ ।