AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोरोनाका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु, प्रदेशमा मृतकको संख्या १ सय १० पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७७, मंगलवार १४:२९
1.25k
Shares
विराटनगर / कोरोना संक्रमणका कारण विराटनगरमा एक पुरुषको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय १० पुगेको छ भो विराटनगरमा ३० पुगेको छ ।
विराटनगर–७ हाटखोलाका ४५ वर्षीय कोरोना संक्रमित पुरुष मोरङको बुढिगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजको आइसोलेसनमा उपचारको क्रममा आज विहान ११ः२० मा मृत्यु भएको हो ।

कोरोना संक्रमण भएपछि उनलाई असोज २१ गते विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनमा मिर्गौलासम्बन्धी पुरानै समस्या रहेको अस्पतालले जनाएको छ ।

यसअघि मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका कोरोना भाइरस संक्रमित ४३ वर्षीय पुरुषको पनि सोही अस्पतालमा मृत्यु भएको थियो । उनको बिहान ८ः१० बजेतिर मृत्यु भएको हो ।

यस्तै कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा आजै विहान नै बुढिगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुषको मृत्यु भएको थियो । गत शनिबार कोरोना पुष्टि भएपछि उनलाई आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर