खबर पूर्वाञ्चल
सवारी साधन दुर्घटना र बढी भाडा असुली रोक्न मोरङ प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याएको हो ।
मोरङको विराटनगर बसपार्क, विराटचौक, पथरीशनिश्चरेको पूर्व बस स्ेटन र बेलबारीमा यात्रु सहायता कक्षा स्थापना गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
क्षमताभन्दा बढी सार्वजनिक सवारी साधनमा यात्रु बोक्ने सवारीलाई पनि कारवाहीको दायरमा ल्याउने प्रहरीले जनाएको छ । यात्रुहरुले कुनै समस्या भोग्नु परेको खण्डमा यी चार स्थानमा रहेका सम्पर्क व्यक्तिमार्फत खबर गर्न सकिने सुविधा समेत रहेको डिएसपी राईले जानकारी दिए । क्षमता भन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनै पनि किसिमको दुव्र्यवहार, हिंसा गरेमा, कोभिड–१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको खण्डमा यात्रुहरुले सम्पर्क गर्न सक्नेछन् ।