AArya
RUMPUM
animated ellipse animated ellipse

खैरो हिरोईन ब्राउन सुगर सहित महिला पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७७, सोमबार १७:३७
945
Shares
दमक / झापाको दमक लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छिन् ।

दमक–९ दिपज्योती उराँउ टोल की ३० बर्षीया रुपा चौधरी भण्डारीलाई आज उनकै घरबाट पक्राउ गरिुउको हो । रुपाले आफ्नै घरबाट ब्राउन सुगरको किनबेच गर्ने गरेको विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा पलङमुनि लुकाईछिपाई छुट्टाछुटै ५ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ३५ ग्राम खैरो हिरोईन ब्राउनसुगर र नगद ७४ हजार ६ सय १५ रुपैया सहित पक्राउ गरेको हो ।

लागुऔषधसहित पक्राउ परेकी रुपा उपर ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर