AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक विकास मन्त्री घिमिरेद्धारा बैजनाथपुर क्रिकेट रंगशालाको अनुगमन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ आश्विन २०७७, आईतवार २०:१३
990
Shares
विराटनगर / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर १९ मा निर्माण भईरहेको बैजनाथपुर अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् । उनले रंगशालाको हालको अवस्थाबारे क्रिकेटका पदाधिकारीसँग जानकारी पनि लिए ।

रंगशालामा अहिले मल्टी पेभेलियन, अन्डर ग्राउण्ड पानी सप्लाई, ग्राउण्ड लेभलिङको तयारी भईरहेको छ । प्रदेश सरकारले रंगशालाका लागि चालु आर्थिक बर्षमा २ करोड बजेट विनियोजन गरेको छ । सो बजेट अनुसारका काम शुरु गर्ने तयारी भईरहेको प्रदेश क्रिकेट संघका उपाध्यक्ष तथा मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेले जानकारी दिए । उनले सोमबारदेखि इन्जिनियरिङ स्टिमेटको काम शुरु हुने बताए ।

रंगशालाको अनुगमन गर्दै मन्त्री घिमिरेले खेलमैदानमा काम शुरु भएको मितिले ३ महिना भित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर