AArya
RUMPUM
animated ellipse animated ellipse

व्यापारीसँग रकम असुल्ने गिरोहसहितका ६ जना अभियुक्तलाई छुटा छुट्टै चार मुद्दा दर्ता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ आश्विन २०७७, बिहीबार १९:२७
1.22k
Shares
विराटनगर / विराटनगरका व्यापारीलाई ज्यान मार्ने धम्की दिदै लाखौं रुपैया असुली गर्ने गिरोहका मुख्य नाइके अभिषेक रायसहित पाँच जना अभियुक्तहरू विरुद्ध छुटा छुट्टै चार वटा मुद्दा मोरङ अदालतमा दर्ता भएको छ ।

मोरङ प्रहरीको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरूलाई चार वटा छुटा छुटै अदालतमा मुद्दा दर्ता भएको सहायक जिल्ला न्यायधीवक्ता मुकुन्दकुमार रेग्मीले जानकारी दिए । उनीहरू विरुद्ध अदालतमा अभियोग दर्ता भएपछि बुधबारदेखि थुनछेक बहस सुरु भएको छ । मोरङ अदालतको न्यायाधीश राजकुमार कोइरालाको ७ नम्बर इजालशमा सुरु भएको छ । बादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायधीवक्ता रेग्मीले गरेका छन् । वादी र प्रतिवादीका कानुन व्यवसयाीहरुले पैरवी गरेपछि अदालतले आदेश दिनेछन् ।

महतोलाई छुटा छुट्टै दुई वटा मुद्दा दर्ता
विद्यार्थी नेता विकास महतो विरुद्ध अदालतमा छुटा छुटै दुई वटा मुद्दा दर्ता भएको छ ।

मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि अदालतमा महतो विरूद्ध ‘हातहतियार खरखजना’ र अपराधिक लाभ लिन खोजिएको उद्योग मुद्दा दर्ता भएको हो । हातहतियार खरखजनामा महतोसहित अन्य चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

अदालतमा किशनकुमार साह, नन्दकिसोर साह, राजु साह, एलेक्स भन्ने रविन शर्मा र अभिषेक राय विरुद्ध डाँका, अपराधिक लाभ लिएको, अपराधिक लाभ लिन खोजिएको उद्योग र हातहतियार खरखजना मुद्दा दर्ता भएको मोरङ अदालतका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए ।

विराटनगरका व्यापारी धम्काउँदै रकम असुली गरेको गिरोहका समूहलाई पेस्तोल विक्री गरेको आरोपमा पक्राउ परेका विद्यार्थी महतोले ३५ हजार रुपैयाँ मुनाफा राखि १ लाख रूपैमा पेस्तोल विक्री गरेको खुलेको छ । विराटनगरमा संगठित अपराधको सञ्जाल विस्तार गरेका गिरोहका मुख्य नाइके अभिशेष रायको समूहलाई महतोले ६५ हजारमा भारतको फारबिजगन्जमा पेस्तोल खरिद गरेर १ लाख रुपैयामा विक्री गरेको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

विराटनगर १२ घर भएका २६ वर्षिय महतो अनेरास्ववियू मोरङ जिल्ला कमिटीका सचिवालय सदस्य तथा पूसेट क्याम्पस कमिटीका अध्यक्ष हुन् । नेपाल टेलीकमको टावर बनाउन ठेक्का पटा पनि गर्दै आएका महतो पक्राउ परेपछि उनको अपराधिक कर्तुत बाहिर आउन थालेको छ । महतोको पाँच वर्ष अगाडी गिरोहका मुख्य नाइके अभिषेक रायसँग चिनजान भएको थियो । टावरको ठेक्का पट्टाको क्रममा अभिषेकसँग विकासको चिनजान भएको बयानको क्रममा महतोले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर