RUMPUM
animated ellipse animated ellipse

एकका लागि एक अभियानको अगुवाइमा स्थापना भएको पिसिआर परीक्षण केन्द्र सञ्चालन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७७, बुधबार २०:२७
360
Shares
सुरुङ्गा / झापामा एकका लागि एक अभियानको अगुवाइमा जनस्तरबाट झापा जिल्ला कनकाई गाउँपालिका वडा नं. ४ कोटिहोममा स्थापित मेची प्रादेशिक अस्पतालको पिसिआर प्रयोगशाला वि को आज प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उद्घाट गरेका छन् ।

प्रदेश प्रमुख‘प्यासी’ले सामाजिक स्तरमा फैलिरहेको कोरोना महामारीसँग लड्नु पर्ने अवस्था सृजना भएकाले आपसी सद्भाव, माया, स्नेह, कर्तव्यपरायण र पारस्परिक सहयोगल गर्नु पर्ने बताए । मेची प्रादेशिक अस्पतालको पिसिआर प्रयोगशाला वि कसैको नजरमा सानो देखिएला तर यो वास्तबमै विशाल उदाहरणीय कार्य भएको बताए ।

विश्वमा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै जनताको सहयोगमा निर्मित प्रयोगशाला वर्तमान अवस्थाको अपरिहार्य आवश्यकता भएको बताउँदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सञ्चारकर्मीहरुलाई सकरात्मक समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे ।
सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीको अगुवाइमा झापामा ‘एकका लागि एक अभियान’ सञ्चालन गर्दै ल्याब स्थापनाका लागि एक करोड २० लाख संकलन भएको थियो । सोही रकमले ल्याब स्थापना गरिएको हो ।

मेची प्रादेशिक अस्पतालको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी ल्याबमा कोभिड–१९ को परीक्षण हुँदै आएको छ । ल्याबमा एक दिनमा ३ सय नमूना परीक्षण गर्न सकिने ल्याबका माइक्रोबायोलोजिस्ट शान्तिराम पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर