RUMPUM
animated ellipse animated ellipse

नेपालमा ‘आईपीभी सिक्स’ प्रयोगमा क्लासिक टेक अगाडि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ भाद्र २०७७, आईतवार १९:२९
531
Shares
विराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग सुरु गरेको छ ।

क्लासिक टेक प्रालि नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक संस्था बनेको छ । उसले विगत १ वर्ष अगाडिबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको जनाइएको छ । कम्पनीले अहिले आफ्ना ८० प्रतिशत भन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी सिक्समा आधारित रहेका डिभाइसहरुमार्फत उपलब्ध गराएको छ भने इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र तीब्र बनाउन सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी सिक्समा लानेगरी काम गरिरहेको जनाएको छ ।

अबको डिभाइसहरु आईपीभी सिक्समा आधारित हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आईपीभी सिक्स प्रयोग गरीरहेको छ। आफ्नो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागी आईपीभी सिक्स प्रयोग गरिसकेको र बाँकी प्रक्रियामा रहेको र अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा क्लासिक टेक सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनीको रुपमा अगाडि रहेको जानकारी दिएको छ ।

‘नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी सिक्सले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ । आईपीभी सिक्स ९इन्टर्नेट प्रोटोकोल संस्करण० इन्टर्नेट प्रोटोकलको छैठौं संशोधन हो र आईपीभी फोरको सफल उत्तराधिकारी हो, क्लासिटेकले भनेको छ । यसले क्लासिक टेकका मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकहरूको लागि बिभिन्न किसिमका फाइदाहरू दिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर