AArya
RUMPUM
animated ellipse animated ellipse

दोस्रो चरणको लकडाउनले विद्युत खपतमा २० प्रतिशत ह्रास

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७७, शनिबार १९:२३
558
Shares
विराटनगर । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयहरूमार्फत जारी निषेधाज्ञाको असर विद्युतको खपतमा परेको छ ।

दोस्रो चरणको लकडाउनसँगै देशभरको दैनिक हुने विद्युत खपत २० प्रतिशतले घटेको छ । दोस्रो चरणको लकडाउन अघि दैनिक दुई करोड ८० लाख युनिट विद्युत खपत हुने गरेकोमा पुनः लकडाउन भएसँगै विद्युत खपत दुई करोड ३० लाख युनिटमा सीमित भएको छ । दैनिक विद्युत खपत ५० लाख युनिटले कम भएपछि नेपाल विद्युत प्राधिकरणलाई करिब ५ करोड रुपैयाँ बराबरको घाटा भइरहेको अधिकारीहरूले बताएका छन । हिजो देशभर २३ हजार ३७८ मेगावाट आवर विद्युतीय ऊर्जाको माग भएको थियो ।

माग व्यवस्थापन गर्न विद्युत प्राधिकरणका आयोजनाबाट सात हजार ८ सय २७ मेगावाट आवर, निजी क्षेत्रका आयोजनाबाट १२ हजार ८ सय १९ मेगावाट आवर र भारतबाट दुई हजार ७ सय ७ मेगावाट आवर विद्युत आपूर्ति गरिएको थियो । २५ मेगावाट आवर विद्युत आपूर्तिमा अवरोध हुँदा भारत तर्फको निकासी समेत घटेर १ सय ५० मेगावाट आवरमा सिमित भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

दोस्रो चरणको लकडाउन भएसँगै धेरै विद्युत खपत हुने काठमाडौं उपत्यकासहित प्रदेश १, २ र ५ मा रहेका औद्योगिक क्षेत्र भित्रका उद्योग धन्दा पनि बन्द भएकाले विद्युत खपत घटेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर