खबर पूर्वाञ्चल
आर्थि वर्ष २०७६/०७७ मा मोरङ प्रहरीमा १ हजार ३ सय ५९ वटा चोरी र हराएको निवेदन दर्ता भएको थियो । जसमध्ये आर्थिक वर्षमा चोरी तथा हराएको १ सय ८३ वटा सम्बन्धीत धनीलाई बुझाएको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले बताए । गत असारदेखि शुक्रबारसम्म ७३ वटा निवेदन प्राप्त भएको छ । सोही अवधिमा ७३ वटा निवेदन दर्ता भएका मध्ये २८ थान मोवाईल फेला पारेर प्रहरीले सम्बन्धीत धनीलाई बुझाएको हो । मोवाईल चोरी तथा लुटपाटमा संलग्न चार जनालाई प्रहरीले ‘डाका’ मुद्दा अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रविधिको विकाससँगै मोबाइलको प्रयोग बढ्दो छ । यसको प्रयोगसँगै सावधानी नपनाउँदा हुने चोरी र हराउने क्रमले उपभोक्ताहरु हैरान पनि छन् । ‘हामीले पनि प्रविधिकै प्रयोग गरेर हराएका मोबाइला फेला पारेर सम्बन्धित धनीलाई नै फिर्ता गरिदिन्छौं,’एसपी खड्काले भने, ‘आफ्नो समानको सुरक्षामा भने आफू नै बढी चनाखो हुनुपर्ने सुझाव दिन्छन् ।’
चोरी नियन्त्रण गर्न प्रहरीको छुटै टोली
हराएकोको मोवाइलको खोजी गर्न जिप्रका मोरङमा प्रहरी निरिक्षक मिलन थापाको नेतृत्वमा टोली रहेको छ । मोबाइल हराएपछि पहिले प्रहरीकहाँ खोजिदिन आग्रह गर्दै निवेदन मोरङ प्रहरीमा दर्ता भएपछि थापाको नेतृत्वको टिमले मोवाइल खोजी गर्दछ । निवेदकले आईएमईआई कोडसहितको निवेदन दर्ता गराएपछि प्रहरीले त्यो कोड र मोबाइल नम्बर प्रहरीको प्रधान कार्यालयमा पठाउँछ ।
सिडिआर भन्ने सिस्टममा हालेपछि मोबाइलमा नयाँ सिम हालेर चलाए त्यसको कल डिटेल र लोकेसन प्रहरीले पत्ता लगाउँछ । त्यसपछि मोबाइल चलाउने व्यक्तिलाई फोन गरेर प्रहरी कार्यालयमा आई बुझाउन आग्रह गरेका प्रहरीले जनाएको छ । अटेर गरे प्रहरी टोली परिचालन गरी सम्बन्धित ठाउँमै गई पक्राउ गरेर ल्याउने गर्दछ ।