खबर पूर्वाञ्चल
नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा १५ हजार नगद राशिको ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कारबाट दुई दशकदेखि पत्रकारिता र साहित्यमा सक्रिय नवोदित सम्मानित भएका हुन् । उनलाई नेपाली कांग्रेस प्रदेश नम्बर–१ संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, पुरस्कारका संस्थापक सुभाष रिजाललगायतले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र समर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता कोइरालाले पुरस्कारले ऊर्जा मिल्ने बताए । उनले सबैतिर समस्या नै समस्या भएकाले स्वास्थ्य र राजनीतिक अवस्था पनि सहज बन्न नसकेको गुनासो गरे । प्रमुख सचेतक केदार कार्कीले रमाप्रसाद रिजाल प्रजातान्त्रिक आन्दोलनका एक असल योद्धा भएको बताए । उनले पत्रकारको पेशा अहिले संकटमा परेको र यसलाई व्यवस्थित गर्न आवश्यक रहेकामा जोड दिए ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकार र पत्रकारिता क्षेत्रमा अहिले संकट आइपरेको उल्लेख गरे । उनले महानगरले पनि पत्रकारिता क्षेत्रको विकासमा सहयोगी भूमिका निर्वाह गरिरहेको बताए ।
पुरस्कारका संस्थापक सुभाष रिजालले पुरस्कार काम गर्न प्रेरणा मिल्ने बताए । उनले आगामी वर्षदेखि पुरस्कारको राशि २१ हजार पु¥याउने प्रतिबद्धता व्यक्त गरे । हाल पुरस्कारका लागि २ लाखको अक्षयकोष स्थापना गरिएको छ । त्यसलाई बढाएर ३ लाख पु¥याउने संस्थापक रिजालले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन प्रदेश संयोजक लीलावल्लव घिमिरे, युनियन मोरङका अध्यक्ष कुमार लुइँटेल, सल्लाहकार शंकर खरेल, महासंघ मोरङ उपाध्यक्ष कुमोद अधिकारी, युनियन जिल्ला उपाध्यक्ष विनोद सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।