खबर पूर्वाञ्चल
आज विराटनगरमा १४ जिल्लाका पार्टी नेतृत्व र प्रतिनिधिहरुको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेर जारी विवादले पार्टीलाई क्षति पुर्याउने भन्दै नेतृत्वलाई गम्भीर हुन आग्रह गरेको हो ।
उनीहरुले करीव दुई तिहाईको जनमतसहित इतिहासले दिएको जिम्मेवारीलाई गम्भिरता पूर्वक मनन् गर्नुपर्नेमा जोड दिदै टुटफुट र विभाजन रोक्ने गरि पहल गर्न सिङ्गो नेतृत्व र आम पार्टी पंक्तिमा पनि आग्रह गरिएको छ ।
पत्रकार सम्मेलनमा उनीहरुले पार्टी नेतृत्वलाई पार्टी एकताको मर्म र भावना अनुरुप कदम चाल्न आग्रह गरिएको छ ।
नेकपाका केन्द्रीय सदस्य गुरु बरालले सरकारलाई निरन्तरता दिई यसमा भएको कमीकमजोरी सच्चाइ पार्टी सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिए । उनले अहिले आम कार्यकर्ता र शुभचिन्तकहरु पार्टी एकताको पक्षमा रहेकोले कसैले पनि फुट र विभाजनको कल्पना गर्न नहुने भन्दै सोही अनुसार सहमति कायम गर्ने प्रयत्न जारी रहेको समेत बताए ।
नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले पार्टी विधान र निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धतालाई हृदयंगम गरि पार्टी एकतामा जोड दिए । उनले पार्टी एकतालाई कमजोर पार्ने कुनैपनि गतिविधि सङ्लग्न नहुन पार्टी सदस्यहरुलाई आग्रह समेत गरे ।
नेकपाका १४ जिल्लाका तर्फबाट पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाईने अध्यक्ष पोखरेलले बताए ।