ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुलुकमा कुनैपनि आन्दोलनको जरुरी छैन– प्रधानमन्त्री ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०७७, सोमबार १३:०८
3
Shares
फाइल तस्वीर
काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले अब मुलुकमा फेरि आन्दोलन जरुरी नभएको बताएका छन् । सुशासन र स्वच्छता कायम गर्ने भन्दै उनले ढुक्क रहन आग्रह समेत गरेका छन् ।

विद्यालय तहका बालबालिकाहरूको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमामा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्’ भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन ।

प्रधानमन्त्री ओलीले देश भित्र वा बाहिर रहेका जिज्ञासु युवाहरुलाई सम्बोधन गर्दै अब देश नविग्रने र सरकार कर्तब्यवाट बिमुख पनि नहुने बताए ।

प्रधानमन्त्री ओलीले अप्ठेरोमा दुविधा हुने र त्यसलाई पार लगाउन नेतृत्व चाहिने भन्दै देश बन्ने कुरामा आरोप लगाएजस्तो आफुले गफ नदिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर