पूर्वाञ्चल खबर
२०७९ सालको निर्वाचनमा मोरङको तीन क्षेत्रको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा भएको थियो । यो पटक भने आदर्श स्कुलमा क्षेत्र नम्बर ६ को मात्रै मतगणना हुनेछ । सुरक्षा संवेदशीलताका कारण छुट्टा छुट्टै स्थानमा गणनाको तयारी भएको हो ।
क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यालयमा मतगणना हुनेछ । क्षेत्र नम्बर २ को मतगणना विश्वनाथ मन्दिर सिजुवामा हुनेछ ।
क्षेत्र नम्बर ३ को मतगणना भगवती माध्यमिक विद्यालयबेलबारीमा हुनेछ । क्षेत्र नम्बर ४ को मतगणना जनता नमुना माध्यमिक विद्यालयविराटनगरमा हुनेछ । क्षेत्र नम्बर ५ को मतगणना सुनसरी–मोरङ सिँचाइ आयोजनाको कार्यालयमा हुनेछ । २०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर ४,५ र ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना भएको थियो ।
मतपेटिका संकलन भए लगत्तै सर्वदलीय बैठक बोलाएर गणना सुरु हुनेछ । मतगणना सुरु गरेको २४ घण्टाभित्रै अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले बताए ।