खबर पूर्वाञ्चल
मापसे गर्दा विवाद भएपछि कुटपिट पछि हत्या भएको र शव बेलबारी नगरपालिका–७ दौलतपुरस्थित नहरको डिलमा फालिएको हुनसक्ने यहाँका स्थानीयले आशंका गरेका छन् । मृतकको शरीरमा निलडाम र चोटपटक रहेकोले हत्या गरिएको आशंका गरिएको हो । बुधबार करिब ३ बजेतिर बाहुनी बजार जान्छु भनेर छोरा घरबाट हिँडेका आयुषका बाबु कमलले बताए । ‘पहिला पनि छोरा बजार जाने गरेका थियो,’ उनले भने, ‘पहिला साँझमा घर आउने गरेको थियो । सदा झैं त्यसदिन पनि घर आउँछ भन्ने लाग्यो । बुधबार रातिसम्म नआएपछि हामी पनि अतालियौं ।
छोराको मोबाइलमा फोन पनि गरियो । तर फोनमा सम्पर्क हुन सकेन ।’ बिहीबार बिहान आयुषको शव नहरको डिलमा मृत अवस्थमा मर्निङवाक गर्ने क्रममा स्थानीयले देखेर आफुले खबर पाएपछि स्तब्ध भएको उनले गहभरी आँशु पार्दै ब्लाष्टलाई सुनाए ।आयुषले स्थानीय स्कुलबाट एसइइ पास गरेपछि पढाइ छाडेका थिए । आर्थिक अवस्था कमजोर रहेको गिरी परिवारका जेठा छोरा आयुष लामो समयदेखि स्थानीय ट्याक्टरमा सहचालकको रूपमा काम गर्दै आएका थिए । ‘छोराले पढाइ छोडेर ट्याक्टरमा काम गर्दै आएको थियो,’ बाबु कमलले भने, ‘यहीँ छोराले परिवारको रेखदेख पनि गर्दै थियो । हाम्रा मुटुका टुक्रा जस्तो छोरालाई कुन पापीहरूले मारिदिए नहरको डिलमा फालिदिएँ ।’ मृतक परिवार र आफन्तले चाँडो छानबिन गरी दोषीलाई कडा कारबाहीको माग पनि राखेका छन् । शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेपछि बिहीबार साँझ नै चिसाङ्ग खोलामा दाहसंस्कार गरिएको छ ।
दोषीलाई कारबाहीको माग
मृतकका परिवार र आफन्तले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग राखेका छन् । घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिलाई काडा कारबाही हुनुपर्ने मृतककी फुपु लीला गिरीले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीले बिहीबार दिउँसो ११ जना पक्राउ गरी अनुसन्धान थालेको छ । आयुषको मृत्यु शंकास्थपद रहेकोले ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको इप्रका बेलबारीका प्रमुख इनिस्पेक्टर ऋषिराज ढकालले जानकारी दिए ।
प्रहरीले नियन्त्रणमा लिएका लिएकाहरू उनीसँगै ट्याक्टरमा काम गर्ने चालक र उनका साथीहरू रहेका छन् । नियन्त्रणमा लिएका केही शंकास्पद युवक र मृतक युवकले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
ब्यूरो टोलीसहितको संयुक्त अनुसन्धान

पक्राउ परेकाहरूलाई लिएर बुधबार राति मादपक पदार्थ सेवन गरिएको घटनास्थलमा प्रहरीले दशी (प्रमाण) जुटाउने काम सुरू गरेको प्रहरी स्रोतको भनाइ छ ।