हामीले कोरोना परास्त ग¥यौं

खबर पूर्वाञ्चल, २४ बैशाख २०७७, बुधबार ११:३९

विराटनगर / भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी १८ दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएको १८ दिन पछि डिस्चार्ज हुँदा उनी प्रफुल्ल भएका छन् । कोभिड अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले पूर्णरुपमा ठिक भएको बताए । उनले भने,‘ १८ दिनको अस्पताल बसाईबाट हामीले कोरोना परास्त ग¥यौं ।’

प्रदेश सरकार र चिकीत्सकबाट सन्तुष्ट भएको जैदीले बताए । लकडाउन खुलेपछि भारत जाने उनले बताए । ४ जना नेपालीसहित १६ जनाको टोली यात्रामा रहेका बेला कोरोना संक्रमण देखियो जैदीले भने,‘ हाम्रो रिपोर्ट पोजेटिभ आएपछि उदयपुर प्रशासनले विराटनगर पठायो ।’ अस्पतालमा चिकित्सकबाट राम्रो सेवा पाएको उनले बताए । जैदीसँगै आज कोभिड अस्पतालबाट ६ जना भारतीय डिस्चार्ज भएका हुन् । डिस्चार्ज भएका सवैलाई प्रदेश सरकारले विराटनगर रानी मरकजमा निर्माण गरेको क्वारेन्टाईनमा लगिएको छ ।

गत वैशाख ५ र ६ गते उदयपुरबाट ल्याईएका १३ जना कोरोना संक्रमित मध्ये ६ जनामा तीन पटकसम्म स्वाव परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो आज विहान डिस्चार्ज हुनेमा जैदी सहित २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ३१ जना मध्ये ६ डिस्चार्ज भएपछि २५ जना उपचाररत रहेको अस्पतालका इन्चार्ज डा.दीपक सिग्देलले बताए । उनका अनुसार सवैको स्वास्थ्य अवस्था राम्रो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५