सामुहिक बलत्कारको आरोपमा प्रेमीसहित ४ जना पक्राउ, एक फरार

खबर पूर्वाञ्चल, १२ बैशाख २०७७, शुक्रबार १८:४१

विराटनगर / मोरङ प्रहरीले एक १७ वर्षिय किशोरीमाथिको सामूहिक बलत्कारमा संलग्न रहेको आरोपमा चारजना युवकलाई पक्राउ गरेको छ ।

मोरङको बुढीगंगा गाउँपालिकाकी १७ वर्षिय किशोरीलाई पाँच जनाको समुहले बलात्कार गरेको घटना बाहिरीएपछि बलत्कार गरेको आरोपमा ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो । .

सामुहिक बलत्कार भएको ३ महिनापछि घटनामा संलग्न ४ जनालाई पक्राउ परेका छन् भने एक जना फरार रहेको मोरङ प्रहरीले जनाएको छ । .

मोरङ प्रहरीले सामुहिक करणी गरेको आरोपमा २ जना १६ बर्षीय बालकसहित बुढिगंगा गाउँपालिका–६ का १९ बर्षीय सन्देश लिम्बु र २१ बर्षीय टंके भन्ने कुमार राईलाई बैशाख १० गते पक्राउ गरेको जनाएको छ । पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान तथा कानूनी कारवाही प्रकृया अगाडी बढाईएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । बलत्कार आरोपमा संलग्न दुई जना नावालक रहेकोले उनीहरूको नाम प्रहरीले गोप्य राखेको हो ।

मोरङको बुढीगंगा गाउँपालिका ७ बडहरा नजिक घारीमा लगेर १७ वर्षीया युवतीलाई उनीहरुले सामूहिक बलत्कार गरेको प्रहरीले जनाएको छ । ती युवकहरुले जबर्जस्ती घारीमा लगेर धम्क्याउँदै पालैपालो बलत्कार गरेको पीडितले उजुरी दिएकी छिन् ।

मोरङ प्रहरीका डीएसपी राईका अनुसार उजुरीपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरी पीडकहरुको खोजी गरिएको थियो । त्यस क्रममा उनीहरु बुढीगंगा गाउँपालिका– ६ मा लुकेर बसेको स्थानबाट पक्राउ परेका हुन् । घटना गत माघ १५ गतेको हो ।

पाहुना गएकी किशोरीलाई सामूहिक बलात्कार भएको घटनाको जाहेरी भने करिब ३ महिनापछि परेको हो । उजुरीपछि बुधबार उनीहरुलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती किशोरीमाथि ५ जना युवा मिलेर गत माघ १५ गते सामुहिक बलात्कार गरेका थिए । फरार भएका प्रतिवादीको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बलत्कार घटना लामो समयसम्म गुपचुप रहेको थियो । बलत्कारमा संलग्नमध्ये एक युवा बुधबार साँझ किशोरीसँग झगडा गरिरहेको गाउँलेले देखेपछि पुरानो घटना सार्वजनिक भएको हो । गाँउमा झगडा भएको कुरा गाँउलेले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रेमिका बनाएर ती किशोरीमाथि सामुहिक बलत्कार गरिएको घटना लगभग तीन महिनापछि बाहिरिएको ।

बलत्कारमा संलग्न रोशन मगर फरार रहेको र खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भैरहवा घर भएका रोशन बुढीगंगास्थित ठुलीआमाको घरमा बस्दै आएका थिए । डीएसपी राईका अनुसार प्रेमको नाटक गर्दै किशोरीलाई प्रेमिका बनाउने काममा लक्ष्मण संलग्न रहेको पाइएको छ . लक्ष्मणले जुरी काम परेको भन्दै घरदेखि तल रहेको फुटबल खेल्ने चउरमा भेट्न बोलाएपछि किशोरी पुगेकी थिईन् ।

लक्ष्मणसँगै चार जना साथीहरु मिलेर किशोरीलाई घिसार्दै मलाहा खोलाको घारीमा पर्याएर पालैपालो बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो कुरा कोही कसैलाई भनेमा हत्या गर्नेसम्मको धम्की दिइएका कारण डरले किशोरीले माघ १५ गते रातिको घटना भएपनि बाहिर ल्याउन नसकेको पाइएको प्रहरीको अनुसन्धाानबाट खुलेको हो । .

सामुहिक बलत्कारमा संलग्न विरुद्ध जबरजस्ती करणी मुद्धा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान अघि बढाइने मोरङ प्रहरी प्रवत्ता राईले जानकारी दिए । .

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५