विराटनगर / कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज (बुधवार) महिना दिन अर्थात ३० दिन भएको छ ।
लकडाउनले विराटनगरलगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अतिआवश्यक कामले घरबाहिर निस्किरहेका छन् भने काम बाहेक घर बाहिर निस्कने लकडाउन उलङघन गर्नेहरुलाई प्रहरीले सडकमा २ घण्टा उभ्याएर कोरोना भाइरस सम्बन्धि चेतना मूलक प्रशिक्षण आमनागरिकबाट लिइने गरेको वडा प्रहरी कार्यलय विराटनगरका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रसाद गौतमले वताए । उनको अनुसार लकडाउन सम्बन्धि जानकारी भएका आमनागरिकले नै लकडाउन उलङघन गर्ने गरेको पाइएको छ ।
बैँकको काम, स्वास्थ्य क्षेत्रको काममा हिँड्न आम सर्वसाधरणलाई छोड्ने गरेको र अनावश्यक हिँडडुल गर्ने लकडाउन उलङघन गर्नेहरुलाई सडकमा उभ्याउने गरेको डिएसपी गौतमले बताए । उनले भने सरोछया क्षेत्रका सर्वसाधरणलाई पटक, पटक सम्झाउनुपर्छ । जब प्रहरी पुग्छौ भिडभाड हटाउछन्, प्रहरी हिँडिसक्दा पुन भिडभाड हुने प्रवृति रहेको छ ।’े सर्वसाधरणको प्रवृतिलाई मध्यनजर गरेर डिएसपी गौतमले कोरोना भाइरस संक्रमणको महामारीमा सरकारले घोषणा गरेको लकडाउनको पालना गरेर सुरक्षाकर्मीलाई साथ दिन अनुरोध समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया