विराटनगर / काटहरी ४ नयाँ बजारका कृषक कोपिन्द्र सिंहले निशुल्क खाना खुवाउनेहरुका लागि तरकारी सहयोग गरेका छन् ।
कोरोना भाइरस संक्रमणको न्यूनिकरण गर्नका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै कृषि क्षेत्रमा पनि प्रत्यक्ष असर परेको छ ।
लकडाउनका कारण सिहंको खेतैमा तकारी कुहिन थालेसँगै लाखौंको घाटा बेहोरीरहेको सिंहले निशुल्क खाना खुवाउने अभियानलाई तकारी दिएर सहयोग गर्ने निर्णय गरेका हुन् ।
लकडाउनका कारण सडकमा नै जीवन व्यतित गर्ने अति विपन्नहरुलाई युवा नेता ओसिम आलमको नेतृत्वमा निशुल्क खाना खुवाउने अभियान थालिएको थियो ।
आलमको अनुसार करिब एक सय भन्दा बढि दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने साथै सडकमा नै मागेर पेट भर्ने विपन्नका लागि लकडाउन अवधिसम्म खाना खुवाउने निर्णय रहेको छ ।
युवाहरुले यो संकटको अवस्थामा सडकमा भोकाएकाहरुको पेट भरिरहेको अवस्थामा आफ्नो तकारी बारीमा नै कुहिनु भन्दा समाजिक काममा सहयोग गर्दा नै उचित रहेको सिंहको भनाई छ । उनले आफ्नो खेतमा रहेको टमाटर, बन्दाकोपी, खुर्सानी लगायतका तरकारी सहयोग गरेका हुन ।
आगामी दिनमा पनि वेसाहाराका लागि साहारा बनेको निशुल्क भात खुवाउने अभियानका टिमलाई साथ सहयोग रहने उनले बताए ।
तपाईको प्रतिक्रिया