AArya
RUMPUM
animated ellipse animated ellipse

भारतमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ सय २१

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ बैशाख २०७७, आईतवार १९:४५
3
Shares
विराटनगर / छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ५ सय २१ पुगेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको सङ्ख्या ५ सय २१ पुगेको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट २७ जनाको मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा भने भारतमा यसबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ ।

संक्रमितको सङ्ख्या भने अघिल्लो दिनको तुलनामा बढेका छन् । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३ सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका हुन् । यससँगै भारतमा समग्र संक्रमितको सङ्ख्या पनि १६ हजार ३ सय ६५ पुगेको छन भने २ हजार ४ सय ६६ निको भएर घर फर्केका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर