AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बाल सुधार गृहमा झडप

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ श्रावण २०८२, बुधबार १६:३९
126
Shares
विराटनगर / विराटनगर – ३ मा रहेको बाल सुधार गृहमा झडप भएको छ। आज दिउँसो सुधार गृहभित्र रहेका बालकहरूबीच झडप भएको हो।

झडप नियन्त्रण गर्ने क्रममा एक जना वरिष्ठ प्रहरी हवल्दार हिरणकुमार मण्डल घाइते भएको मोरङ प्रहरी प्रमुख एसपी नारयण प्रसाद चिमरियाले जानकारी दिए। घटना लगत्तै प्रहरी प्रमुख चिमयरीया स्वयं घटनास्थलमा पुगेका थिए।

घटनालाई अहिले नियन्त्रणमा लिइएको छ। दुई समूहबीच झडप भएको बुझिएको छ,’ एसपी चिमयरीले भने, ‘अहिले सुधार गृहमा रहेका बालकहरूलाई भित्र राख्ने काम भइरहेको छ ।’

५० जना मात्र क्षमता भएको उक्त बाल सुधार गृहमा हाल २ सयभन्दा बढी बालकहरू रहेका छन्। अदालतबाट कसुरमा दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई सुधारका लागि यस्ता गृहमा राख्ने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर