RUMPUM
animated ellipse animated ellipse

४३ जनालाई नियन्त्रण लिएर दुई घण्टा प्रशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ बैशाख २०७७, सोमबार १९:३८
3
Shares
भोजपुर / भोजपुर प्रहरीले लक डाउन उलङ्घन गरी सडकमा जथाभावी हिड्नेलाई नियन्त्रण लिएर प्रशिक्षण दिएको छ ।

जथाभावी हिड्ने ४३ जनालाई नियन्त्रण लिएर दुई घण्टा उभ्याएर कोरोना सम्वन्धी सचेतना दिएर छाडेको छ । कारबाहीमा पर्नेमा ३३ जना पुरुष र १० महिला रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुलाई कार्यालय परिसरमा ल्याएर कारवाही गरेर छाडिएको हो ।

लकडाउनको उल्लंघन गर्दै अत्याआवश्यक काम बाहेक घर बाहिर निस्केकाहरुलाई सदरमुकामका विभिन्न चोकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर