पूर्वाञ्चल खबर
मुख्यमंत्रीकै कार्यालयमा आज आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मुख्यमंत्री राईले कोरोना संक्रमणको सन्त्रासबाट अझ पनि मुलुक तरल अवस्थामा रहेको बताउँदै सबै क्षेत्र र समुदायको एकतावद्ध प्रयासवाट हामीले यो समस्यावाट मुक्ती पाउँन सकिने बताए ।
प्रदेश १ मा सहकारी क्षेत्रबाट उल्लेख्य आर्थिक तथा भौतिक सहयोग र एक्यवद्धता प्राप्त भएको चर्चा गर्दै मुख्यमंत्री राईले सहकारी क्षेत्रवाट लकडाउनलाई अझ प्रभावकारी बनाउन तथा सरकारका हरेक निर्णय कार्यान्वयनमा सहजीकरणको भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले मुलुकका सबै पालिकामा रहेका सहकारी संघ ÷संस्थाहरुलाई कोरोनाको महाविपतीको वर्तमान समयमा अप्ठ्यारोमा परेका सदस्य लगायत सबै ब्यक्तिहरुलाई सहयोग गर्नु हुन अनुरोध गरे । सोही बमोजिम अहिले देशभरीवाट करोडौंको नगद, खाद्यान्न एवम् औषधिजन्य बस्तुको सहयोग संकलन तथा वितरण भइरहेको उनले बताउए ।
जिल्ला सहकारी संघ लि. मोरङको समन्वयमा जिल्लाका बिभिन्न सहकारी संघ ÷संस्थावाट प्राप्त रकम मध्ये प्रदेश सरकारद्धारा स्थापित कोरोना जनसुरक्षा कोषमा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग रकम मुख्यमंत्री राईलाई हस्तान्तरण गरियो ।
रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष डिल्ली पोखरेलले मोरङमा रहेका सबै सहकारी संघ ÷संस्थाहरु अहिले पालिका स्तरमै सक्रिय रुपले सहयोगमा जुटेको बताए । उंनले आफ्ना सदस्यका अतिरिक्त स्थानिय जनप्रतिनीधिहरुसंग समन्वय गरि समुदायमा उल्लेख्य सहयोग गर्नका निमित्त जिल्लाका सबै सहकारी संघ ÷संस्थाहरुलाई निर्देशन गरिएको र सोही अनुसार साथीहरु सक्रिय रहेको बताए ।