animated ellipse animated ellipse

सामुदायिक तथा सरकारी विद्यालयमा नवीन सिकाइको प्रयोग गर्नु पर्छ– मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ फाल्गुन २०७८, शनिबार १६:३७
180
Shares
विराटनगर / वर्तमान समयमा पनि परम्परागत सिकाई हाबी भइरहेको भन्दै प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइको नीति अख्तियार गर्ने भएको छ ।

सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीहरूलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने बताए ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई अव नयाँ ढङ्गको सिकाई प्रदान गर्नुर्पयो । खालि कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न सक्दैन । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका ४ मा जाल्पा माविको पूनःनिर्मित भवनको उद्घाटन समारोहमा उनले भने, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत जोड दिनु पर्ने बताए ।

विद्यार्थीलाई नयाँ कुरा दिन नसके शिक्षकले जागिर खानकै लागि पढाउने तथा विद्यार्थी पास मात्रै हुने भन्दै यस प्रकारको सिकाइ तोड्न शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले गम्भीर भएर सोच्नुपर्ने बताए ।

हुँदा खाने र हुनेखानेको शिक्षा फरक हुँदै गएकोले त्यसतर्फ ध्यान दिनुपर्ने उल्लेख गर्दै मन्त्री कार्कीले भाषा जुन भए पनि विद्यार्थीले लिने ज्ञान समान हुनुपर्ने बताए । विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताए । विद्यालय भवन मात्रै बनेर हुँदैन । उनले भने, उपयोगी सिकाइका बारेमा सोचौँ । हैन भने सामुदायिक विद्यालयका भविश्य पनि जोखिममा छ ।

मन्त्री कार्कीले सो विद्यालयको पढाइ, अतिरिक्त क्रियाकलाप साथै शैक्षिक गतिविधिका बारेमा विद्यार्थीसङै संवाद समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर