AArya
RUMPUM
animated ellipse animated ellipse

देशभर १ सय ३४ जना आइसोलेसनमा, ८ हजार ५ सय ८० जना क्वारेन्टाइनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ चैत्र २०७६, बुधबार १९:२१
3
Shares
काठमाण्डौ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुका कन्ट्याक्ट ट्रेसिङको काम सकिएको जानकारी गराएको छ ।

आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्‍व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अहिलेसम्मका ८ वटा केसका कन्ट्याक्ट ट्रेसिङ सकिएको जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार संक्रमितहरु काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङमा २ र धनगढीमा ४ जनाछन् । हालसम्म २ हजार ३ सय ६६ नमुना परीक्षण भइसकेको जानकारी उनले दिए ।

परीक्षण दायर बढाउँदै लगिएको भन्दै प्रवक्ता देवकोटाले उपत्यका बाहिरबाट नमुना संकलन भएर आइरहेको बताए । आजसम्मको तथ्यांक अनुसार १३४ जना आइसोलेसनमा र ८ हजार ५८० जना क्वारेन्टाइनमा छन् । प्रवक्ता देवकोटाका अनुसार आइतबार, सोमबार, हिजो र आज नयाँ संक्रमित भेटिएका छैनन् । योसँगै पछिल्लो ९६ घन्टा अर्थात ४ दिनयता नयाँ कोरोना संक्रमित नभेटिएका हुन् । शनिबार भने एकैदिन ३ जना कोरोना संक्रमित भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर