श्वाब टेस्ट गर्ने बुथ विराटनगरमै तयार

खबर पूर्वाञ्चल, २५ चैत्र २०७६, मंगलवार २०:२०

विराटनगर / विराटनगरमा पनि कोरोना परिक्षणको लागि श्वाब टेस्ट गर्ने बुथ तयार भएको छ ।

कोरिया जर्मनीलगायतका मुलुकले जस्तै विराटनगर महानगरपालिका र विनडोर सोलुसन्सको संयुक्त प्रयास र कारखाना बिराटनगरको प्राबिधिक सहयोगमा उक्त बुथ तयार गरिएको हो ।

हाललाई २ वटा बुथ तयार रहेको र अरु बनाउनुपर्ने आवश्यकता परे तुरुन्तै बनाउन सकिने विन्विडोर सोलुसन्सका प्रोप्राईटर रोहितजंग थपलियाले जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरको युपिभीसिका प्रोफाइलको प्रयोग गरिएको उक्त बुथ निर्माण आज सम्पन्न भएको र उक्त तयार बुथ क्वारेन्टाइनमा प्रयोग गरिने थपलियाले बताए । उक्त बुथको प्रयोगमा पिपिईको आवश्यकता नभएको र धेरैको श्वाब परिक्षणको लागि काम गर्न सकिन्छ । यस्तै प्रकारका बुथहरु अहिले काठमाडौं, पोखरालगायतका सहरमा पनि बनिसकेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५