AArya
RUMPUM
animated ellipse animated ellipse

उच्च मनोवलका साथ नियमको पालना गर्न सवैलाई मुुख्यमन्त्री राइकोे आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ चैत्र २०७६, सोमबार २२:४६
3
Shares
फाइल तस्वीर
विराटनगर / धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेश १ का मुुख्यमंत्री शेरधन राइले प्रदेशवासीहरुलाई आग्रह गरेका छन् ।

मुुख्यमन्त्री राइले आज जारी गरेको भिडियो सन्देश अपीलमा देश र जनताको जीवनरक्षाका लागी मुुलुुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सवै नागरिकले संयंमता अपनाउनुु पर्नेमा जोड दिए ।

कोरोना भाइरस(कोभिड–१९)को विरुद्धको यो लडाईमा उच्च सर्तकता , सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोवलका साथ नियमको पालना गर्न सवैलाई मुुख्यमन्त्री राइले आग्रह समेत गरे ।

सवै नागरिकलाई वचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको मुुख्यमन्त्री राइले बताए । कुुनैपनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै मुुख्यमन्त्री राइले सही सूचनामात्र लिन सवैमा आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर