विराटनगर / धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेश १ का मुुख्यमंत्री शेरधन राइले प्रदेशवासीहरुलाई आग्रह गरेका छन् ।
मुुख्यमन्त्री राइले आज जारी गरेको भिडियो सन्देश अपीलमा देश र जनताको जीवनरक्षाका लागी मुुलुुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सवै नागरिकले संयंमता अपनाउनुु पर्नेमा जोड दिए ।
कोरोना भाइरस(कोभिड–१९)को विरुद्धको यो लडाईमा उच्च सर्तकता , सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोवलका साथ नियमको पालना गर्न सवैलाई मुुख्यमन्त्री राइले आग्रह समेत गरे ।
सवै नागरिकलाई वचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको मुुख्यमन्त्री राइले बताए । कुुनैपनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै मुुख्यमन्त्री राइले सही सूचनामात्र लिन सवैमा आग्रह गरे ।
तपाईको प्रतिक्रिया