प्रदेश सरकारले स्थापना गरेको ‘जन सुरक्षा’ कोषमा सिभिल बैंकको ५ लाख

खबर पूर्वाञ्चल, २३ चैत्र २०७६, आईतवार २०:५७

विराटनगर / विश्भर माहामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा सिभिल बैंकले लिमिटेडले ५ लाख रुपैयाँ योगदान गरेको छ ।

सिभिल बैंक प्रदेश १ ले प्रदेश सरकारले स्थापना गरेको कोषमा आज सो रकम बराबरको चेक सिभिल बैंक प्रदेश १ का प्रमुख राजेश ढकालले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका छन् ।

बैंकले सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदेश सरकारले स्थापना गरेको उक्त कोषमा रकम जम्मा गरेको बैंकका प्रदेश प्रमुख ढकालले जानकारी दिए ।

चेक हस्तान्तरणपछी मुख्यमन्त्री राईले प्रकोप रोकथाम तथा नियन्त्रणमा कोषको खर्च गरिने रकम र प्रकोप नियन्त्रण पछाडी पारदर्शी ढंगबाट हिसाबकिताव सार्बजनिक गर्ने प्रतिवद्धता जनाएको बैंकका प्रदेश प्रमुख ढकालले बताए ।

ढकालले लक डाउनका कारण दैनिक जीवनयापनमा समस्या पर्दै आएका परिवारलाई प्रदेश १ अनतरगत रहेका पाँचथर जिल्लाका हिलिहाङ्ग, याङ्गवरक, इलामको माइजोगमाई , मोरङ जिल्लाको सूनवर्षी र विराट चोक शाखाहरु मार्फत पनि राहत स्वरुप खाद्य सामाग्रीहरु वितरण गरिने जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैंक विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । उक्त कोषमा हाल सम्म ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५