विराटनगर / विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की नेतृत्वको टोलीले आज बजार अनुगमन गरेको छ ।
नगरको विभिन्न स्थानमा रहेका किराना पसलहरुको अनुगमन गर्दा कसैले पनि मुल्यसूची राखेको छैनन् भने पानीटंकी १ स्थित अष्टचिरञ्जिवी खाद्यान्न ट्रेडिङले म्याद गुज्रिएको सामान बिक्री वितरण गरिरहेको अनुगमन टोलीले फेला पारेको थियो ।
ट्रेडिङबाट बिक्रीका लागि राखिएको हजारौ मुल्य बराबरको म्याद गुज्रिएका पेय पदार्थदेखि तितौरा पाऊँसम्मका खाद्यान्न टोलीले जफत गरी नष्ट गरेको थियो । उपमेयर कार्कीले यस्तो महामारीको बेला कालो बजारी र कमसल खाद्यान्नको बिक्रीलाई निस्तेज गर्न ज्यानको बाजी थापेर अनुगमनमा हिँडेको बताईन । उनले नगरवासीको हित र स्वास्थ्यका लागि लकडाउनको बेलापनि अनुगमन नरोकिने स्पष्ट पारीन् ।
ट्रेडिङका सञ्चालक महेश अग्रवालले आफूबाट गल्ति भएको स्वीकार गर्दै आईन्दा गलत कार्य नगर्ने भन्दै टोली सामू माफी मागे ।
तपाईको प्रतिक्रिया