AArya
RUMPUM
animated ellipse animated ellipse

नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०७६, शनिबार १६:५१
3
Shares
काठमाण्डौ / नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । आज पून एक जनामा संक्रमण देखिएपछि नेपालमा कोरोना संक्रमण पाँच पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षण पोजेटिभ देखिएको जनाएको हो ।

बेल्जियमबाट कतार हुँदै काठमाण्डौं आएकी बागलुङ निवासी १९ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयल जनाएको हो । उनको अन्य विवरण भने जानकारी गराइएको छैन ।

उनी चैत ४ गते कतार एयरवेजको क्युआर ५२५ उडानमार्फत् काठमाडौं आएको खुलेको छ । यसअघि फ्रान्सबाट कतार हुँदै आएकी काठमाडौंकी युवतीमा कोरोना देखिएको थियो । उनी अहिले टेकु अस्पतालमा उपचाररत छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर