पूर्वाञ्चल खबर
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आव्हान गरेपछि त्यहाँका किसानहरुले दूध बिक्री गर्न पाएका थिएनन् । स्थानीय तोरिबारी लघु उधमी कृषि सहकारी संस्थाले दुरी कायम गरी किसानले उत्पादन गरेको दूध खरिद गर्न थालेको हो ।
सहकारीले सडकमा चुना राखेर उभिने ठाउँ तोकिएको छ । लाइन मिलाउन सहकारीका पदाधिकारीहरु पञ्जा र मास्क लगाएर खटिएको सहकारीका अध्यक्ष रमेश बस्नेतले जानकारी दिए । दुध खेर जानथालेपछि संक्रमणलाई कम गर्न दुरी कायम गरी सहकारीले दूध संकलन गर्न थालेको स्थानीय पत्रकार सन्तोष गौतमले जानकारी दिएका छन् ।