ओखलढुङगा / ओखलढुङगा मानेभञ्ज्याङ ५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।
आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टर र बिपरित दिशाबाट आउदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा पछाडी सवार रहेकी पबित्रा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र सोही मोटरसाईकल पछाडीनै सवार रहेका अर्का १९ बर्षीय सनम राई घाईते भएकोमा उनीहरुको मिसन अस्पतालमा उपचार भईरहेको छ ।
ट्याक्टर र ट्याक्टर चालक नियन्त्रणमा रहेको ओखलढुङगा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया