विराटनगरबाट प्रकाशन हुदै आएको दैनिक पत्रिका बुधबारदेखि बन्द

खबर पूर्वाञ्चल, ११ चैत्र २०७६, मंगलवार ०९:१२

विराटनगर / विराटनगरबाट प्रकाशन हुदै आएको ४ वटा दैनिक पत्रिका बुधबारदेखि प्रकाशन बन्द गर्ने निर्णय गरेका छन् ।

विश्वभर महामारीको रुप लिएको कोभिड १९ अर्थात कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दैचारैवटा सञ्चालक तथा प्रकाशकहरुको वैठकले पत्रिका बन्द गर्ने निर्णय गरेको हो ।

कोराना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको र त्यसबाट सुरक्षित रहनु पर्ने भएकाले अर्को सुचना प्रकाशित नभएसम्म पत्रिको प्रकाशन नगर्ने विज्ञप्ती जारी गर्दै जनाएका छन् ।
विराटनगरबाट दैनिक प्रकाशन हुदै आएका हाम्रोमत दैनिक , दर्शन दैनिक , न्यु सृष्टि दैनिक र अद्घोष दैनिकले रहेका छन् ।

विज्ञप्तिमा भनिएको छ कागजबाट समेत कोरोना सर्नेभ एकोले पत्रिका प्रकाशनमा रोक लगाउनु परेको उल्लेख गरिएको छ । संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा दर्शन दैनिकका प्रबन्धक सुभाष कार्की , अद्घोष दैनिकका प्रबन्ध निर्देशक बन्धु पोखरेल , न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधान सम्पादक शंकर खरेल र हाम्रोमत दैनिकका प्रबन्धक अर्जुनकुमार आचार्यले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५