कर्ण दम्पतीद्धारा प्रहरीलाई १२ सय थाना मास्क वितरण

खबर पूर्वाञ्चल, १० चैत्र २०७६, सोमबार २०:२१

विराटनगर / विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई एक दम्पतीले मास्क वितरण गरेका छन् ।

समाजवादी पार्टी नेपालको केन्द्रीय सस्दय तेजलाल कर्ण र विद्याकुमारी कर्णले मोरङ प्रहरीलाई १ हजार २ सय थान मास्क र सेनिटाइजर वितरण गरेका हुन् ।

जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्य कर्णले जानकारी दिए । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन माक्स वितरण गरिएको हो,’ मजदुर नेता समेत रहेका नेता कर्णले भने । जनताको अवरात रूपमा खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क प्रहरीको लागि मास्क अपरिहार्य रहेको बताए ।

प्रहरीको लागि वितरण गरिएको मास्क संघिय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मजदुर नेता समेत रहेका कर्ण र विद्याकुमारी कर्णले मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीलाई वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५