कालोबजारी गर्न लुकाएको ११ हजार ३ सय ५० थान मास्क विराटनगरबाट बरामद

खबर पूर्वाञ्चल, ९ चैत्र २०७६, आईतवार १९:२४

विराटनगर / विराटनगर–९ घोगापुल छेउबाट बजारमा गर्न लुकाएर राखिएको ठूलो परिणाममा मास्क बरामद भएको छ ।

विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले विराटनगर ९ घोघापुल चोकमा रहेको श्री सर्जी इन्पेस्कबाट आज मास्क बरामद गरेको हो ।

राजेश अग्रवालको औषधि थोक बिक्री पसलबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको हो । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए ।

औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तु सरह लिइएको छ । तर, कतिपय औषधी विक्रेताहरुले भने प्रकोपको बेला कालोबजारी गर्दै आएका छन् । कालोबजारी गर्न राखिएको इन्पेस्कका संचालक अग्रवाललाई कालो बजारी ऐन अन्तरगत कारवाहीको दायरामा ल्याउने औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Aditya Giri लेख्नुहुन्छ

    yesto manxa lai karbhaye garnu parxa sab din ko lagi

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५