RUMPUM
animated ellipse animated ellipse

संकटमा सरकारको सहयोगि बन्न प्याब्सनको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ चैत्र २०७६, शनिबार १९:१३
3
Shares
विराटनगर / निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले संकटको समयमा सहयोगी बन्न सदस्य विद्यालयहरुलाई आग्रह गरेको छ । कोरोना भाइरस(कोभिड–१९) को महामारी विश्वभर फैलिरहेको अवस्थामा सरकारले गरेको निर्णयलाई साथ दिनुपर्ने बताएको छ ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरी र महासचिव कुमार घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ,‘सरकारले गरेको निर्णयलाई बिचार नपु¥याई राजधानीलगायत मुलुकका अन्य क्षेत्रमा केहि निजी विद्यालयले आगामी शैक्षिक सत्रका लागि भर्ना कार्यक्रम सुचारु राखेको गुनासो आएको भन्दै त्यसलाई तत्का बन्द गरि कोरोना भाइरस विरुद्धको अभियानमा सहभागि हुन केन्द्रिय कार्यसति पुनः हार्दिक अपिल गर्दछ ।’

संकटपूर्ण घडिमा एकढिक्का भएर महामारीसँग जुध्न नेपाल सरकराले गरेको निर्णयहरुलाई साथ दिनुपर्नेमा जोड दिइएको छ । यस्तो विषम घडिमा उत्पन्न हुने परिस्थितीसँग जुध्न प्याब्सनले जस्तोसुकै सहयोग गर्न तयार रहेको अध्यक्ष पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर