रंगेली / मोरङको सुनवर्सी नगरपालिका ८ मिलन चोकबाट लागुऔषधसहित २ जनालाई पक्राउ गरिएको छ ।
आज दिउँसो मे ४ प ७७३७ नम्बरको मोटरसाईकलमा भारतीय बजारबाट नेपालतर्फ आऊँदै गरेका मोरङको पथरी शनिश्चरे नगरपालिका ६ का २८ बर्षिय काजीमान विक र २८ बर्षियकै शिवनारायण चमारको साथबाट नियन्त्रीत लागुऔषध कोरेक्स १ बोतल, नाईट्राभेट ४९ ट्याब्लेट र स्पोभन १६ ट्याब्लेट बरामद भएको थियो ।
लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
तपाईको प्रतिक्रिया