अन्तर कलेज फुटबलमा कान्तिपुर र कोशी कलेज सेमिफाइनलमा प्रवेश

खबर पूर्वाञ्चल, ३ चैत्र २०७६, सोमबार २१:५८

विराटनगर / विराटनगरमा जारी २१ वर्षमुनिको अन्तर कलेज लिगकम नकआउट फुटबल प्रतियोगितामा कान्तिपुर र कोशी कलेज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

विराट बुद्ध स्पोर्ट्स क्लबले विराटनगरस्थित डिग्री कलेजको मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विराटनगरको कोशी मल्टिपल कलेजले रंगेलीको जनप्रिय माविलाई ७–० गोलमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ भने विराटनगरको कान्तिपुर कलेजले दुहबीको महेन्द्र मेमोरियल एकेडेमीलाई ३–० गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको लिग चरणअन्तर्गत समूह ‘बी’ तर्फका सम्पूर्ण खेल सम्पन्न भएका छन् । लिग चरणमा समूहको कान्तिपुर पहिलो र गोल एभरेजका आधारमा कोशी दोस्रो स्थान भएको छ । कोशी र महेन्द्रको बराबरी ४–४ अंक भएपछि गोल एभरेजका आधारमा कोशी दोस्रो भएको हो ।

प्रतियोगिताको पहिलो खेलमा कोशीका रितिक खड्काको ४ गोल मद्दतले जनप्रिय माविलाई ७–० को फराकिलो गोलअन्तरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १५ औं मिनेटमा रितिक खड्काले गोल गरे । १८ औं मिनेटमा पर्शु राई गोल थपे लगत्तै रितिक खड्काले गोल गरे । पुनः २८ र ५३ औं मिनेटमा रितिक खड्काले गोल गरे भने ५० र अन्तिम समयमा कासिम राईले गोल गरे । खेलको म्यान अफ द म्याच रितिक खड्का भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।

त्यसैगरी दोस्रो खेलमा कान्तिपुर कलेजले महेन्द्र मेमोरियल एकेडेमीलाई ३–० गोलमा पराजती गरी अन्तिम चारमा स्थान पक्का गरेको छ । खेलको ३२ औं मिनेटमा विवेक चौधरीले गोल गरे । ३९ औं मिनेटमा सन्तोष श्रेष्ठले गोल गरे भने खेलको अन्तिम समयमा रोमन भुजेलले गोल थपे । खेलको म्यान अफ द म्याच कान्तिपुरका विवेक चौधरी भए । उनले नगद ३१ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको सेमिफाइनल खेलअन्तर्गत बुधबारको पहिलो खेल निहारिका र कोशी कलेज तथा दोस्रो खेल कान्तिपुर र ग्रिनल्याण्ड कलेजबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५