लागुऔषधसहित ३ जना पक्राउ

खबर पूर्वाञ्चल, ३ चैत्र २०७६, सोमबार १५:४७

विराटनगर / मोरङ र सुनसरी जिल्लाका २ स्थानबाट नियन्त्रीत लागुऔषधसहित ३ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ का २२ बर्षीय निशान लिम्बुलाई नटफिन ५० पिस,डाईजोल्याप ५० पिस र एभिल ५० पिससहित विराटनगरको सजिलो बजार छेउबाट पक्राउ गरेको हो । यसैगरी लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ बाट २ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको टोलीले को ३५ प ६४१८ नम्बरको मोटरसाईकलमा सवार रहेका भोक्राहा नरसिंह गाउँपालिका ४ का २४ बर्षीय अरुण यादव र सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ का २० बर्षीय विवेक यादवको साथबाट नाईट्रोभेट ७५० क्याप्सुल, स्पास्मोप्रोक्सिवन ११६० क्याप्सुल र डाईलक्स डि।सी १०० एमएलको २९ बोतल बरामद गरेको हो ।

लागुऔषधसहित पक्राउ परेका ३ नै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५