विराटनगर /कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई कोशी अञ्चल अस्पताल विराटनगरले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।
दुई दिन अगाडि मात्र विदेशबाट आएका दुई व्यक्तिलाई कोरोनाको आशंका गर्दै कोशीले विपीको आइसोलेसन वार्डमा रेफर गरेको हो ।
कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्रले कोरोनाको लक्षण देखिएकोले उनीहरूलाई धरान रेफर गरिएको बताएकी छिन् । उनीहरूको परिचय र उमेर समूह गोप्य राखिएको छ । कुन देशबाट आएका हुन भन्ने पनि खुलाइएको छैन । उनीहरूको नमूना परीक्षण काठमाडौँ पठाएर उताबाट रिपोर्ट आएपछि मात्र थप प्रष्ट हुने मेसु डा. मिश्रले जनाइन् ।
‘विदेशबाट आउनुभएको रहेछ । ज्वरो, रुघाखोकीको पनि लक्ष्यण देखिएको थियो,’ मेसु मिश्रले भनीन्, ‘शंका गेर आइसोलेसन वार्डमा रेफर गरेका हौं । कोरोना नै हो भन्ने पुष्टि भएको छैन ।’ उहाँले शंका लाग्दा यसरी ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था भने नरहेको डा. मिश्राले दाबी गरिन् ।
अस्पतालले खासगरी विदेशबाट आएकाहरूको सवालमा भने विशेष सावधानी अपनाउँदै आएको जनाएको छ ।
डा.मिश्रले कोरोनाबार मानिसहरूमा त्रास भएपनि यसलाई सामान्य सावधानीले नै रोग लाग्नबाट बच्न सकिने बताएकी छिन् । लगातार हात धुने, सेनिटाइजर प्रयोग गर्ने, भिंडभांडमा नजाने, रुघामर्की लागेर ज्वरो आएको र संक्रमणको शंका लागेमा अस्पताल गई स्वास्थ्य परीक्षण गराउनु पर्ने उनको सुझाव छ । भनिन्,‘‘विश्व स्वास्थ्य संगठनले नै कोरोनालाई महामारी भनेर घोषणा गरेपछि हाम्रो देश पनि संक्रमण खतराको सूचीमा रहेकोले सतर्क हुनैपर्छ । तर, व्यक्तिगत सावधानी र सरसफाइमा ध्यान दिने हो भने रोगबाट बच्न सकिन्छ ।’’
तपाईको प्रतिक्रिया