RUMPUM
animated ellipse animated ellipse

महिलाहरुले गरे एक घण्टा सडक अवरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ फाल्गुन २०७६, आईतवार २१:१८
3
Shares
विराटनगर / १ सय १० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज महिलाहरुले विराटनगरमा सडक अवरुद्ध पारेका छन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल र विभिन्न संघसंस्थामा आवद्द महिलाहरु भेला भई सडक अवरुद्ध गरेका हुन् । ८ मार्चमा मनाइने यस दिवसमा यो वर्ष विश्वभरका महिलाहरुले एक घण्टा ‘स्ट्राइक’ गर्ने कार्यक्रम तय भएको थियो । सोहि अनुशार महिला रोकिए संसार रोकिन्छ भन्ने नारा सहित दिवस मनाइएको हो ।

विराटनगरको तीनपैनी चोकमा ब्यानर र प्लेकार्डसहित भेला भएका महिलाहरुले हातेसाङ्लो बनाएर सडक अवरुद्ध गरेका हुन् सडक अवरोध हुँदा केहिबेर सडक प्रयोगकर्तालाई सास्ती भएको थियो ।

सडक अवरोध पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महिला मानवअधिकार रक्षक राष्ट्रिय सञ्जालकि सदस्य तथा मोरङक मञ्जिता उपाध्यायले मर्यादित काम र जीवन धान्ने ज्याला हुनुपर्ने, घरभित्रको कामको समेत मूल्याङ्कन हुनुपर्ने, लैङ्गिक विभेदमा आधारित हिंसाको अन्त्य हुनुपर्ने बताइन् । यस्तै स्रोत शक्ति र अवसरमा न्यायपूर्ण पहुँच र सवैको लागि खाद्य सम्प्रभुतालगायतका मागहरु राख्दै आएको स्मरण गराइन् । उनले यी मागहरु विश्वव्यापी रुपमा महिलाहरुले उठाउँदै आएको समेत बताइन् ।

कार्यक्रममा महिला अधिकारवादी साहित्यकार शोभा बजगाँईले महिला रोकिए संसार रोकिन्छ भन्ने शिर्षकको कविता वाचन गरिन् । कोणसभापछि उपस्थित महिलाहरुले विभिन्न नारा लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर