मुनाल आदर्शले मनायो रजत जयन्ती

खबर पूर्वाञ्चल, २५ फाल्गुन २०७६, आईतवार १८:२३

विराटनगर / संस्कार, सिप र प्रविधि सहितको शिक्षा अवको आवश्यकता भन्ने नारासहित मोरङको रतुवामाई ६ मा रहेको मुनाल आदर्श विद्या सदन विज्ञान तथा कला प्रदर्शनी एवं साँस्कृतिक कार्यक्रमका साथ २५औ वर्षगाँठको मनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रवीन राईले विद्यालयले आपूmलाई नगरकै अग्रणी शिक्षण संस्थाको रुपमा स्थापित गर्न सफल भएकोमा बधाई दिदै आगामी दिनहरुमा अझ प्रभावकारी ढंगबाट समय सापेक्ष गृणस्तरिय, अनुशासित र स्वरोजगार उन्मुख शिक्षा प्रदान गरी कुनै पनि विद्यार्थीले विद्यालय स्तरको शिक्षा लिन नगर बाहिर जानु नपर्ने गरी अघि बढ्न विद्यालयलाई सुझाव दिए ।

प्याव्सन प्रदेश १ का वरिष्ठ उपाध्यक्ष टिकाराम ढकाल, अभिभावक संघ प्रदेश १ का अध्यक्ष देवि पन्थी, प्याव्सन मोरडका अध्यक्ष अर्जन बस्नेतले अवको शिक्षा सीप र प्रविधि मैत्री बन्नु पर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल इन्द्र सुब्बाले विद्यालय स्थापनादेखि रजन जयन्तीसम्मको समग्र वस्तु स्थिति उल्लेख भएको प्रतिवेदन प्रस्तुत गर्दै आगामी कार्ययोजना समेत पेश गरे । कार्यक्रममा विद्यालयको कार्यक्षेत्र भित्रका १८ वटा संघ संस्थाका प्रमुखहरुलाई दोसल्ला र सम्मान पत्रद्धारा सम्मानित गरीएको थियो ।
यसैगरी विद्यालयका पूर्व शिक्षक ऋषिप्रसाद गुरागाई र विगत लामो समय देखि विद्यालयमा कार्यरत शिक्षकद्धय मुकुन्द र्ेग्मी र ललनकुमार झालाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा विद्यालय बाहिर अन्तर विद्यालय, नगर तथा जिल्ला स्तरीय विभिन्न प्रतियोगताहरुमा उत्कृष्ट स्थान हासिल गरी विद्यालयको गौरव बढाउने ४६ जना विद्यार्थीहरुलाई ट्रफी तथा प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालयका विद्यालय व्यवश्थापन समितिका अध्यक्ष कालीबहादुर थोप्राले गरेका थिए ।

दुई चरणमा भएको कार्यक्रममा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुद्धारा निर्मित विज्ञानका सामग्रीहरु, हस्तकला तथा चित्रकलाका सामग्रीहरुको प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५