एकै पटक पन्ध्रसय विद्यार्थीलाई प्राविधिक तालिम

खबर पूर्वाञ्चल, २२ फाल्गुन २०७६, बिहीबार २०:०३

विराटनगर / मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एकै पटक पन्ध्र सय विद्यार्थीलाई प्राविधिक तालिम दिन शुरु गरिएको छ ।

क्षेत्र नं १ का विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नेपाल उद्यमी समाज र काइचो ग्रुपको प्राविधिक सहयोगमा कक्षा ९,१०,११ र १२ का विद्यार्थीलाई रोबटिक्स,अर्दिनो र वाटर रकेट निर्माण सम्बन्धी तालिम तालिम दिन थालिएको उद्यमी समाजका अध्यक्ष खगेन्द्र आचार्यले जानकारी दिएका छन् ।

आचार्यले भने,‘‘नेपाली कांग्रेसका मोरङ जिल्लाका सभापति डिगबहादुर लिम्बूको पहलमा चारवटा विद्यालयमा प्राविधिक तालिम शुरु गरिएको भएको छ ।’’

प्रतिनिधि सभातर्फ मोरङ क्षेत्र नं १ बाट पराजित भएपनि जनताप्रतिको समर्पण र लगावमा कमी आउन नदिने प्राविधिक तालिम दिन शुरु गरिएको लिम्बूले बताएका छन् । आचार्यका अनुसार क्षेत्रभरका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई जम्मा पारेर तालिम संचालन भइरहेको छ । लिम्बूले भने,‘‘मोरङको ६ वटै निर्वाचन क्षेत्रका विद्यार्थीलाई उद्यमशील र प्रविधिसँग जोड्दै व्यवसायिक बनाउन र रुपान्तरणका निम्ति तालिम आयोजना गरिएको हो ।’’

सभापति लिम्बूको पहलबाट शुरु भएको तालिमबाट करिब एक हजार ५ सय विद्यार्थी लाभान्वित हुनेमा प्रशिक्षक आकृत ढुंगेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५