लागुऔषधसहित ६ जना पक्राउ

खबर पूर्वाञ्चल, २१ फाल्गुन २०७६, बुधबार १७:०४

झापा /झापा अर्जुनधारा ११ स्थित बसपार्क छेउको एक होटलबाट लागुऔषध ब्राउनसुगरसहित ६ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द ३ का २५ बर्षीय विवेक तामाङ ,२१ बर्षीय समिर लिम्बु, २४ बर्षीय सन्जु चेम्जुङ, १८ बर्षीय दिपेन नेम्वाङ यसै गरी झापा अर्जुनधारा ६ का १८ बर्षीय रोशन गुरुङ र ईलाम तेनपा २ का २० बर्षीय सन्तोष तामाङ रहेका छन ।

विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बसपार्कमै रहेको माउन्ट मेची होटलको एक कोठामा चेकजाँच गर्ने क्रममा ३९ ग्राम, २९ मिलिग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ थालमा राखेको अवस्थामा फेला पारी मानिससहितलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका ६ जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५