धान दिबस यसरी मनायो विराटनगर महानगरले

खबर पूर्वाञ्चल, १५ असार २०७७, सोमबार १९:४२

विराटनगर / धान दिवसको अवसरमा मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १९ मा सामूहिक रोपाईं गरिएको छ ।

मानो रोपेर मुरी फलाउने भनाइलाई सार्थक बनाउन असार १५ मा धान दिबस मनाउदै आइएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले रोपाईं गरेर धान दिवसको शुभराम्भ गरेका थिए । यस्तै महानगर उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, वडा नंं १९ का वडाध्यक्ष बन्द्रीनारायण सरदार , स्थानीय तथा कर्मचारीहरुले सामूहिक रोपाईं गरेर धान दिवस मनाएका छन् ।

स्थानीय खापटोल वासी कृषकले खेतीका लागि महानगरले मलखाद जस्ता आबश्यक उपकरण सहयोग गर्न आग्रह गरेका थिए ।स्थानीय हरियाली कृषक समूहले धान दिवस कार्यक्रमको संयोजन गरेको थियो । सो अवसरमा बोल्दै मेयर पराजुलीले स्थानीय कृषकको समस्या पहिचान गरी आबश्यक प्रबन्ध गरिने बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५