आरोहण गुरुकुलमा दार्जेलिङका कवि मनप्रसाद सुब्बा प्रस्तुत हुने

खबर पूर्वाञ्चल, १८ फाल्गुन २०७६, आईतवार १७:५२

विराटनगर / विगत चार महिनादेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको आरोहण कवितायात्राको चैतको शृंखलामा दार्जेलिङका वरिष्ठ कवि मनप्रसाद सुब्बा प्रस्तुत हुने भएका छन् ।

आरोहण गुरुकुल विराटनगरको आयोजना र विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा हुने कार्यक्रममा सुब्बाले आफ्ना एक दर्जन सशक्त सिर्जना सुनाउने छन् । दार्जेलिङमा रहेर विगत लामो समयदेखि नेपाली साहित्यको विशेष कविता लेखनमा सक्रिय छन् उनी । पुरानो पुस्तालाई नयाँ पुस्तासित जोड्न गुरुकुलले काव्यारोहण नाम दिएर अग्रज कविको कविता वाचन कार्यक्रमलाई निरन्तरता दिइएको कार्यक्रम संयोजक धीरज राईले जानकारी दिए ।

कार्यक्रमले कविताको पाठक र स्रोता वृद्धि गर्न सहयोग पुग्ने उनको भनाइ छ । हरेक महिनाको पहिलो शनिबार हुने कार्यक्रम यसपटक चैत १ गते हुनेछ । यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान र मोमिला प्रस्तुत भइसकेका छन् । १ सय प्रवेश शुल्क तोकिएको छ । हरेक शृंखलामा कविता सुन्न आउने दर्शक–स्रोता थपिँदै गएको अर्का कार्यक्रम संयोजक रमेशचन्द्र अधिकारीले बताए ।

साहित्यकार सुब्बाका रचना तथा कतिपय कृतिहरु नेपालीसँगै हिन्दी, मैथली र अंग्रेजीमा समेत अनुवाद भइसकेका छन् । उनले नेपाली साहित्यमा २०५० सालमा नेपालको रत्नश्री स्वर्णपदक पुरस्कार र भारतको राष्ट्रियस्तरको नेपाली साहित्यिक पुरस्कार पाइसकेका छन् ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५