मोरङमा करेन्ट लागेर दुईको मृत्यु

खबर पूर्वाञ्चल, १६ फाल्गुन २०७६, शुक्रबार १९:४४

विराटनगर / मोरङका भिन्दा भिन्दै ठाउँमा करेन्ट लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ ।

जरुवा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उर्लाबारी नगरपालिका–८ का २१ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले बताए ।

करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको गोदाबारी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । त्यस्तै मोरङको सुनवर्षी नगरपालिका–७ बरडंगामा करेन्ट लागेर ३७ वर्षीय सन्तोश मुखियाको मृत्यु भएको छ । आफ्नै घरमा मटरबाट पानी तानेर नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको रंगेलीको टाइम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५