आत्म हत्या दुरूसाहन मुद्दामा दुई पक्राउ

खबर पूर्वाञ्चल, १३ फाल्गुन २०७६, मंगलवार १८:३७

विराटनगर / एक महिलालाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा दुई जनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।

सुन्दरहरैचा ५ गौसला घर भई भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने १९ वर्षिय प्रिती तिम्सीना (अधिकारी) लाई आत्महत्या गराउन बाध्य बनाएको आरोपमा दुई जना पक्राउ परेका हुन् । गत फागुन ८ गते सुसाइट नोट लेखर प्रितीले आत्महत्या गरेकी थिइन् ।

इलाका प्रहरी कार्यालय बेलबारीले प्रितीलाई आत्महत्या गराउने बाध्य बनाएको आरोपमा सुन्दरहरैचाका ऋषिराम भट्टराई र सुन्दरहरैचा ६ की १९ बर्षिया सन्जिता निरौलालाई पक्राउ गरेको हो । प्रीतिले आत्महत्या गर्नु अगाडी भट्टराई र निरौलाले ब्ल्याकमेलिङ गरि बारम्बर पैसाँ मागेको कारणले आत्महत्या गरेका ‘सुसाइट नोटमा’ उल्लेख भएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।

घटना स्थलमा प्रहरीले आफूलाई आत्मत्या गर्न दुरुत्साहन गरिएको लेखिएको सुसाइड नोट फेला पारेसंगै उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । सुसाइड नोटमा ऋषिरामले dazzling queen फेसबुक आईडी प्रयोग गर्ने दिपा नाम गरेकी केटीले नकरात्मक गोप्य फोटो सामाजिक संञ्जालमा हालीदिने भन्दै ब्ल्याकमेलिङ गरेर पैसा असुल्ने गरेकोले आफू आत्महत्या गर्न बाध्य भएको उल्लेख गरिएको छ ।

प्रीतीले आत्महत्या गर्नु अघि पनि त्यसरीनै ब्ल्याकमेलिङ गर्दै पैसा मागेपछि आफुसंग प्रसा नभएकोले बाच्ने इच्छा हुदाहुदै पनि मर्न बाध्य भएको सुसाइट नोटमा उल्लोख भएको सइ प्रधानले बताए । उनले भने ‘ त्यस दिन पनि ५ हजार मागेको रैछ इटहरीको गोर्खा डिपाटमेन्ट अगाडी पैसा लिएर आउनु भनेको रैछ पैसा नभए पछि आफ्नो गोप्य फोटो सार्बजनिक हुने भए पछि आत्महत्या गरेको सुसाइट नोटमा लेखेको छ ।’

प्रहरीले पाएको उक्त सुसाइट नोटमा उल्लेख गरीएको dazzling queen फेसबुक आइडी प्रयोग गर्ने दिपा भनिने ऋषिराम आफै भएको र पैसा लिन संजिता निरौला गएको भन्ने अनुसन्धानमा खुलेपछि उनीहरूलाई पक्राउ गरिएको प्रधानले बताए ।

निरौलाले भने भारत नेटवर्किङ विजनेस ओरियन्समा लगाईदिने वहानामा मृतक प्रीति रकम लिनुपर्ने भएकाले उक्त पैसा लिएर आउनु भनेकाले आफू पैसा लिन गएको बताएकी छिन् । आरोपित भट्टराई नेटवर्किङ विजनेस ओरियनसमा सकृय रहेको र आफुलाई पनि लाग्न प्रलोभन देखाउने गरेको निरौलाको भनाई रहको छ ।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५