RUMPUM
animated ellipse animated ellipse

सरकार असफल बनाउन पार्टी भित्रबाटै चलखेल भएको प्रधानमन्त्री ओलीको आशंका

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ फाल्गुन २०७६, सोमबार १९:१४
3
Shares
फाइल तस्वीर

पोखरा / प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल बनाउन प्रतिक्रियावादीहरुले पार्टी भित्रैका व्यक्तिको महत्वकांक्षा बढाउने काम गरिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले आज पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीभित्रै फाटो बनाउन सकिन्छ कि, कसैको महत्कांक्षा बढाएर त्यसलाई प्रयोग गरेर समस्या खडा गर्न सकिन्छ कि भन्दै अनेकौँ शक्ति लागेको आशंका गरे । विरोधीहरुले पासो थाप्ने काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कम्युनिस्ट आन्दोलन र समाजवाद निर्माण उद्देश्य पूरा गर्नु आफ्नो उद्देश्य भएको उल्लेख गर्दै यी विषय सहज नभएको बताउए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर